मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालमै पहिलो पटक ३२सय मिटरको उचाईमा रहेकाे ऐतिहासिक पर्यटकीय स्थल खप्तडमा ४ जनाले रक्तदान गरे ( फाेटाे फिचर) सहित
  • मार्गरेखा संवाददाता

  • गाेबिन्द  वाग्ले डाेटी  जेष्ठ ५   ।  नेपाल स्वयंसेवी रक्तदाता समाजले आज सुदुरपश्चिम प्रदेशको ऐतिहासिक पर्यटकीय स्थल खप्तडमा रक्तदान कार्यक्रम  गरेको छ ।
    नेपालमै पहिलो पटक ३२सय मिटरको उचाई रहेको रक्तदान कार्यक्रम गरेको हो ।
    कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्य मानवीय जीवनको महत्वपूर्ण पक्ष रगत रहेकोले १८ बर्षको उमेर देखि रक्तदानमा लाग्न अनुरोध गर्नुभयो । उहाँ भन्नुहुन्छ ‘हामी स्वस्थ मानिसले जुनसुकै स्थानमा रक्तदान गर्न सक्छौ भन्दै उच्च स्थान रक्तदान कार्यक्रमको आयोजना गरेका हौं ।
    कार्यक्रममा समाजका केन्द्रीय सदस्यहरु गोविन्द वाग्ले, प्रेम लम्साल र विमल भित्रकोटी तथा शिखर नगरपालिकाका पूर्व नगरप्रमुख सिताराम जीशीले रक्तदान गर्नुभएको थियो ।

    1. नेपाल स्वयंसेवी रक्तदाता समाजकाे केन्द्रीय कार्यसमितिको पाँचौ बैठक डाेटी जिल्लाको प्राकृतिक सुन्दरताले भरिएको ऐतिहासिक खप्तडमा रक्तदान कार्यक्रमका साथ सम्पन्न गरियाे ।
      ३३०० मिटर भन्दा माथि सहजै रक्तदान गर्न सकिन्छ भन्ने खप्तडबाट संदेशमूलक संदेश प्रवाह गरिएको छ ।
      स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदान शुभारम्भ गर्नकाे लागि समाजका केन्द्रीय सदस्य गाेबिन्द वाग्लेलाई रक्त संकलन थैली प्रदान गर्नु भएको थियोे ।
  • ५ जेष्ठ २०८१, शनिबार १८:११ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित