मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

टीओआर’मा सहमति नभएसम्म बैठक नचलाउन सभामुखलाई प्रतिपक्षी दलहरूले आग्रह
  • मार्गरेखा संवाददाता

  • काठमाडौं जेष्ठ ६  । संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको ‘टीओआर’मा सहमति नभएसम्म बैठक नचलाउन सभामुखलाई प्रतिपक्षी दलहरूले आग्रह गरेका छन् ।

    प्रतिपक्षी दलहरूको बैठकबाट संसदीय छानबिन समितिको टीओआर नबन्दासम्म बैठक सञ्चालन नगर्न आग्रह गर्ने निर्णय भएको थियो । बैठकका निर्णयबारे राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएका थिए । “निर्णय सुनाउन ज्ञानबहादुर शाही सभामुखको कार्यकक्षमा आउनुभएको थियो,” सभामुखको सचिवालयले भनेको छ ।

    सभामुख सचिवालयले विपक्षी दलको जानकनरीसँगै बैठक अनिश्चित भएको जनाएको छ । सहमतिका लागि कार्यदलले सहयोग मागेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भने कानुन मन्त्रालय गएका छन् । जहाँ कार्यदल समितिको बैैठक जारी छ ।

  • ६ जेष्ठ २०८१, आईतवार १३:०६ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित