मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज गैरजिम्मेवार भएकाे नेपाली काँग्रेस बाँकेकाे ठहर
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज जेष्ठ ७ ।  नेपालगञ्जको तापक्रम ४२ डिग्री सेल्सियस पुगेको छ । दिनदिनै बढिरहेको गर्मी र तातो हावाको लहर ‘लु’ बाट सर्वसाधारण प्रभावित भएका छन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरदेखि आमनागरिक गर्मीको मारमा छन् । गर्मी सहरको पहिचान बनाएको नेपालगञ्जमा विद्युत अनियमितताको समस्या भने बर्षौदेखि हल हुन सकेको छैन । गर्मीका बेला अपरिहार्य हुने विजुली झन अनियमित हुँदा नागरिक प्रताडित छन् । यति विध्न गर्मीमा विना जानकारी पटक-पटक विद्युत काट्ने, लोडसेडिंग विनै पनि लामो समयसम्म विजुली प्रवाह नहुने, २५ प्रतिशत मात्रै उद्योग सञ्चालनमा रहेको अवस्थामा पनि विद्युत भारको कारण देखाउँदै पटक-पटक बत्ती काटिँदा नागरिकलाई असह्य भएको छ । यस विषयमा नेपाली कांग्रेस बाँके नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउँदछ । विद्युत प्रयोगकर्ताहरुले पटक-पटक विद्युत अबरुद्ध हुनुको कारणबारे सोधपुछ गर्दा पनि झर्किने, सही सूचना नदिने तथा जिम्मेवारीबाट पन्छिने प्रबृत्ति रहेको भन्ने जनगुनासोलाई पनि ध्यानमा राखी सेवा प्रवाह गर्ने निकायले नागरिकमैत्री र भरपर्दो सेवा दिनुपर्नेमा नेपाली कांग्रेस बाँके प्रष्ट छ । बढ्दो गर्मीमा विद्युत प्रवाहलाई नियमित बनाई आमनागरिकको दिनचर्यालाई सहज बनाउन हामी सम्बन्धित पक्षको गम्भीर ध्यानार्षण गराउँदै समस्या समाधानका लागि अग्रसर हुन अपिल गर्दछौं ।

  • ७ जेष्ठ २०८१, सोमबार १६:३६ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित