मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालमा कोभिड–१९ को नयाँ सब–भेरियन्ट केपी.१ देखि केपी.४ सम्म पुष्टि आत्तिनु पर्दैन 
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ सब–भेरियन्ट केपी.१ देखि केपी.४ सम्म पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले गरेको नियमित जिन सिक्वेन्सिङका क्रममा ती सब–भेरियन्ट पुष्टि भएका हुन् ।

    यही मे १५ सम्म संकलित ४२ नमुना परीक्षणमा १२ वटामा केपी.१, १७ मा केपी.२ र एक/एकवटामा केपी.३ र केपी.४ पुष्टि भएको एनपीएचएलले जनाएको छ ।

    यीबाहेक अरू नमुनमा जेनएन.१ र बीए.२ भेटिएको थियो । यी सबै ओमिक्रोन समूहका सब–भेरियन्ट भएको एनपीएचएलका प्रवक्ता कृष्णप्रसाद जैसीले जानकारी दिए ।

    “अहिले कोभिड केस बढेको छैन, केपी सब–भेरियन्ट नयाँ र घातक पनि होइन, नेपालमा पहिलोपटक पुष्टि भएको मात्रै हो । आत्तिनु पर्दैन

    अस्ट्रेलिया, सिंगापुर, भारतलगायत मुलुकहरूमा केपी.१ देखि केपी.१.१ सम्मका सब–भेरियन्टले कोरोना संक्रमण गराएको रिपोर्टमा उल्लेख छ । ओमिक्रोनका यी नयाँ म्युटेसनलाई विश्व स्वास्थ्य संगठनले एफएलआईआरटी समूहमा वर्गीकरण गरेको छ ।

  • ११ जेष्ठ २०८१, शुक्रबार १५:११ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित