मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचार ग्राममा तालाबन्दी
  • मार्गरेखा संवाददाता

  • काठमाडौं जेष्ठ १३ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचार ग्राममा तालाबन्दी गरिएको छ।

    महासंघका केन्द्रीय समितिका सदस्यहरूले आगामी जेठ २६ हुने निर्वाचनको पूर्वसन्ध्यामा सदस्यताको विषयलाई लिएर नेपाल पत्रकार महासंघका अध्यक्ष, महासचिव, पदाधिकारीहरु र निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।विधान मिचेर अध्यक्ष, महासचिवसहितका पदाधिकारीले केन्द्रीय समिति, संगठन समिति र शुद्धीकरण कार्यदललाई समेत छलेर चोरबाटोबाट सदस्यहरुको सूचीलाई अन्तिम रुप दिन खोजेको भन्दै केन्द्रीय सदस्य रमेश खतिवडा ले पहिलो चरणमा तालाबन्दी गरेको बताए।

    सक्रिय पत्रकारलाई नविकरण सूचीबाट हटाउने र चोरबाटोको नामावली सूची नस्वीकार्ने बताउँदै केन्द्रीय समिति भित्रैका सदस्यहरुले शुरु गरेको सो संघर्षलाई कमजोर नठान्न उनीहरुले माग गरेका छन्।

    महासंघको विधानमा केन्द्रीय, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसिएटका सदस्य तथा पदाधिकारीको निर्वाचन हुनुभन्दा ६ महिनाअघि सदस्यताको टुंगो लागाउनु पर्छ।

  • १३ जेष्ठ २०८१, आईतवार १६:५८ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित