धनगढी जेष्ठ १३ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।
आइतबार दिउँसो बसेको बजेट अधिवेशनको पहिलो प्रदेशसभा बैठक कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले बहिष्कार गरेको हो ।
कांग्रेस र नाउपाका सांसदहरू बेल घेराउ गर्दै सहकारी ठगीमा मुछिएकाहरूमाथि छानबिन गर्न माग गर्दै नाराबाजी बाहिरिएका थिए ।
उभिएर विरोध जनाएपछि सभामुखले दिएको समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले सहकारी ठगीमा जोडिएकाहरूमाथि छानबिन गर्नुपर्ने बताए ।
कांग्रेस र नाउपाको रेशम पक्षले सभा बहिष्कार गरेपनि राप्रपाको उपस्थितिमा सभामुखले बैठक सञ्चालन गरेका छन् ।