मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुर्खेतबाट पहिलोपटक बडीमालिका डोली यात्रा सुरु
  • मार्गरेखा संवाददाता

  • सुर्खेत  भदाै ५ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पहिलोपटक बडीमालिका डोली यात्रा शुक्रबारदेखि सुरु भएको छ। वीरेन्द्रनगरस्थित श्री भैरव मन्दिरबाट वैदिक विधिअनुसार पूजा, हवन, अभिषेक तथा डोली पूजन गरी बडीमालिका माताको डोली धामतर्फ प्रस्थान गराइएको हो।

    विशेष धार्मिक अनुष्ठानपछि वैदिक मन्त्रोच्चारण, शङ्खध्वनि, घण्टानाद र जयघोषसहित डोलीलाई बडीमालिका धामतर्फ लगिएको आयोजकले जनाएको छ।

    सुर्खेतबाट सुरु भएको यात्रा पञ्चकोशी धामको मुख्य द्वार परिक्रमा गरी ऐतिहासिक दुल्लु नगरी हुँदै कर्णाली नदीको किनारतर्फ अघि बढ्नेछ। दुल्लुबाट जितेगडा हुँदै मानसरोवर करिडोर पार गरेर यात्रा कालिकोटको रास्कोट पुग्नेछ।

    रास्कोटमा मध्यराति बडीमालिका माताको विशेष महाआरती आयोजना गरिनेछ। त्यसपछि डोली मलयागिरि पाटनस्थित बैजेश्वरी माताको मन्दिर, छेतडी धाम पाटन र कैलाश गाड हुँदै त्रिवेणी धाम पाटन पुग्ने कार्यक्रम छ।

    त्रिवेणी धाममा स्नान, अभिषेक, रुद्राभिषेक, हवन तथा विशेष पूजाअर्चना सम्पन्न गरेपछि डोली अन्तिम गन्तव्य बडीमालिका धामतर्फ प्रस्थान गर्नेछ।

    हिमालको काखमा अवस्थित बडीमालिका धाममा पुगेपछि वैदिक सनातन परम्पराअनुसार महापूजा, यज्ञ, आरती, भजन–कीर्तन तथा प्रसाद वितरणलगायत धार्मिक अनुष्ठान गरिने आयोजक समितिाका सदस्य युवराज पन्तले जनाएका छन ।

    सुर्खेतबाट बडीमालिका डोली यात्रा सुरु भएसँगै कर्णालीका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई जोड्ने नयाँ धार्मिक पर्यटन मार्गको प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

  • ५ भाद्र २०८३, शुक्रबार १३:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित