मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुर्खेतकाे रातानाङ्गलामा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
  • मार्गरेखा संवाददाता

  •  सुर्खेत जेष्ठ १७ । सुर्खेतमा भएको जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

    वीरेन्द्रनगरको रातानाङ्गला नजिकै बिहीबार बिहान भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख, प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

    सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो । जीप आज बिहान दुई बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    जीपमा ८ जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार दुर्घटनामा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।

    ‘अहिलेसम्म दुई शव सङ्कलन गरेर सडकमा ल्याइएको छ । बाँकी दुई शव ल्याउने तयारी भइरहेको छ,’ उनले भने, ‘प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको छ । बाँकीको खोजी कार्य भइरहेको छ ।’

    जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १७ जेष्ठ २०८१, बिहीबार १०:०५ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित