मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाजुरामा नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम
  • मार्गरेखा संवाददाता

  • उमेश रोकाया,बाजुरा- गाउँपालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ।

    “समुन्नत राष्ट्र निर्माणका लागी युवाको सहभागी” भन्ने मुल अभियानका साथ हिमाली गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखा धुलाचौर बाजुराको आयोजना र राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति बाजुराको सहयोग जेष्ठ १६ गतेबाट नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम हिमाली गाउँपालिकामा सञ्चालन गरेको छ।

    युवा आजको आवश्यकता हो युबा सबै एक भएर लाग्नुपर्ने, बिकासमा सबै युवा बिदेश तिर पलायन हुने गाउँ घरमा युवा खाली हुनुपर्ने अवस्था रहेकोे छ। युवाहरूको सिप योग्यता नभएर बिदेश तिर गएपनि दुख पाउने गरेकाले स्वदेशमै रोजगारी अवसर दिलाए भने सबै भन्दा राम्राे काम हुने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो। पालिका भित्र केहि काम गर्ने बेरोजगारी युवालाई आफु सहयोग गरने प्रतिवद्धता समेत गरेको अध्यक्ष मल्लले जनाए।

    युवाहरूलाई समाज प्रति उत्तरदायित्व बनाउने र युवाहरू सक्रियता हुने समाज निर्माण चासो बढाउने किसिम कार्यक्रम रहेकोे छ। समाज भए गरेका कामप्रति युवा सक्रिय हुनुपर्ने र आफ्नो गाउँ आफ्नो ठाउँ आफै बनाउ भन्ने कुराहरू त्यतातिर बढी मध्यनजर गरेर चासो राख्ने भएका छन। युवाहरूलाई समाज प्रति बढी आकर्षक हुने विदेश मात्र गएर हुदैन आफ्नै ठाउँ आफ्नै गाउँ केहिन केही गर्नुपर्छ भन्ने उद्देश्यले पालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम गरिएको हिमाली गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डेले बताएका छन। यो कार्यक्रम हिजो उद्घाटन गरिएको छ। जेष्ठ १९ गते समापन गरिने कार्यक्रम सुरु गरिएको प्रबक्ता पाण्डे जनाए।

    नमूना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रमका सभा अध्यक्षता युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख रगुनाथ अबस्थी रहनु भएको छ। उक्त कार्यक्रम प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्ल विशिष्ट अथिति युबा खेलकुद बिकास शाखा बाजुरा को अध्यक्ष कृष्ण थापा अथिति हिमाली गाउँपालिका प्रभक्ता एबम वडा नम्बर ४ का वडा अध्यक्ष भिमानन्द पाण्डे लगायत सबै वडा अध्यक्षहरु सहित उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख रगुनाथ अबस्थीले बताएका छन।

  • १७ जेष्ठ २०८१, बिहीबार १०:१५ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित