मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आफ्नो सर्वस्व अस्पताललाई दान गरेका समाजसेवी श्रीजंग शाहको निधन
  • मार्गरेखा संवाददाता

  • काठमाडौ जेष्ठ १७ ।  आफ्नो सर्वस्व अस्पताललाई दान गरेका समाजसेवी श्रीजंग शाहको निधन भएको छ । शाहको १०१ वर्षको उमेरमा हिजो (बुधबार) साँझ काठमाडौंमा निधन भएको हो ।

    शाहले बुवा फत्तेजंग र आमा बालदिब्यश्वरीले आफ्नो घरजग्गा दान गरेर निर्माण गरेको नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पताललाई ६ वर्षअघि सर्वस्व दान गरेका थिए ।

    श्रीजंग कान्तिपथस्थित श्रीकुञ्जमा बस्दै आएका थिए । आफू बसिरहेको कान्तिपथको घरसहित ३ रोपनी ३ आना ३ पैसा २ दाम जग्गा दान गरेपछि उनको प्रशंसा भएको थियो ।

    आफू र पत्नी रुद्रकुमारीको मरणोपान्त घरजग्गा अस्पतालले पाउने गरी ६ वर्षअघि नै नामसारी पनि गरिदिएका थिए । शाह फत्तेबाल आँखा अस्पतालका संरक्षक हुन् । शाहको पुर्खौली जाजरकोटमा भए पनि उनी काठमाडौंमा जन्मिए । तर, बुवा कप्तान फत्तेजंगसँगै बाँके, बर्दिया र कैलालीमा धेरै समय बिताए ।

    श्रीजंगका बुबाआमा स्वर्गीय कप्तान फत्तेजंग र बालदिब्यश्वरी शाहले २०४३ सालमा अस्पताललाई घरसहित करिब पाँच बिघा जग्गा दिएका थिए । उनले दान गरेकै घरबाट सञ्चालित अस्पताल अहिले पश्चिम नेपालको सबैभन्दा ठूलो आँखा अस्पताल बनेको छ । ९ बेडबाट सुरु भएको अस्पताल अहिले १ सय ५० बेड पुगेको छ । वार्षिक डेढ लाखभन्दा बढी बिरामीको आँखा परीक्षण हुँदै आएको छ ।

  • १७ जेष्ठ २०८१, बिहीबार १६:३७ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित