मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाजुरामा बजारमा अनुगमन गर्दै म्याद गुर्जेका सामाग्री नष्ट
  • मार्गरेखा संवाददाता

  • उमेश राेकाय    बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजारमा अनुगमन गर्दै म्याद गुर्जेका सामाग्री नष्ट गरिएको छ।

    हिमाली गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष प्रेमलाल भण्डारी संयोजत्व तथा धुलाचौर प्रहरी चौकी सुरक्षाकर्मी र गाउँपालिका कर्मचारी संयुक्त रूपमा बजारमा अनुगमन गरिएको छ। धुलाचौर बजार भित्र व्यवसायी गरेको स्थलगत रूपमा म्याद गुर्जेका सामाग्री जफत गरिएको धुलाचौर प्रहरी चौकी इन्चार्ज धुर्वराज न्यौपानेले जनाएका छन।

    बजारमा रहेको म्याद गुर्जेका सामाग्री बिक्रीवितरण गर्न कानुनी रूपमा नमिल्ने हुँदा धुलाचौर बजार अनुगमन पाटो तिव्र दिइरहेको छ। हरेक सामान म्याद गएको सामान ग्राहकलाई बेच्ने बजार व्यवसायीलाई कानुनी दायरा ल्याउने भएको छ। बजारमा अनुगमन गर्दा रसवेरी ४ डिब्बा स्नेहा १० पिस धनिया पाउडर ३ पाकेट स्प्राइट ५ बोतल औषधि ११ पाकेट नमिकन ५ पाकेट सुजि २० पाकेट मिठाई २ वटा सनपाटी ११ डिब्बा मिठाइ सहित १३ हजार बराबरको सामाग्री जलाएर नष्ट गरिएको छ।

    बजार सरसफाइ साथै सौचालय डस्मिन भाडा धुने खाल्डो सहित सरसफाइ मध्यनजर गरेर बजार अनुगमन गरिएको छ। अनुगमन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पालिका कर्मचारी गएर बजार अनुगमन गर्ने काम गरिएको छ। बजार परिक्रम गरेर स्वास्थ्य सम्बन्धि पुर्ण रूपमा जानकारी दिएको छ। चर्पी नहुनेलाई सौचालय प्रयोगमा ल्याएको स्वास्थ्य शाखा प्रमुख पिरमकला मल्लले बताएका छ्न।

    महिनाको एक पटक बजार अनुगमन गर्न निर्णय गरेको छ। बजारमा जतिको व्यवसायी गर्ने व्यापारीहरु आफ्नो पसल बाट सामानको म्याद गर्जेको सामाग्री बिक्रीवितरण नगर्न दिने धुलाचौर बजार अनुगमन कार्य आज तिव्र रूपमा गरेको छन। काहिँ कतै म्याद नागेको सामान सेवाग्राही बिक्री गर्न पाएमा कानुनी प्रक्रिया अगाडि बढाउने गरि बजार अनुगमन गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

    बजार अनुगमन हिमाली गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष प्रेमलाल भण्डारी संयोजत्व बजार अनुगमन गरिएको हो। उक्त हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी लगायत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पालिका कर्मचारी सहित धुलाचौर बजार अनुगमन गरिएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन।

  • १७ जेष्ठ २०८१, बिहीबार २१:३७ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित