मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर संचालन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, जेठ २४ । नेपालगन्ज उपमहानगरपालिकामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । चालू आर्थिक वर्षमा सात वटा वडामा शिविर संचालन गर्ने लक्ष्य छ । वडा नम्बर ६, १२, १५, १७, १८, २२ र २३ मा पाठेघरको मुखको क्यान्सर सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम बमोजिम आज वडा नम्बर २३ स्थित सहरी स्वास्थ्य केन्द्रबाट सुरुवात गरिएको छ ।

    कान्ति आरोग्य अस्पताल नेपालगन्जको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा संचालित शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण ‘पोजिटिभ’ देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताए । नेपाल सरकारले क्यान्सर रोगका विरामीलाई उपचार खर्चका लागि एक लाख रुपैयाँ र लुम्बिनी प्रदेश सरकारले दुई लाख रुपैयाँ दिँदै आएको छ । यस्तै विरामीलाई जिविकोपार्जनमा सहजताका लागि मासिक पाँच हजार रुपैयाँ दिने गरेको छ ।

    वडा नम्बर २३ बाट सुरु भएको शिविर उद्घाटन कार्यक्रम वडा अध्यक्ष जबर अली बेहनाको अध्यक्षता एवम् नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यस अवसरमा बोल्दै खड्काले आफ्नो समस्या खुलेर बताउन महिलाहरुलाई आग्रह गरे । स्वास्थ्य महाशाखा प्रमुख चन्दले समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीहरुमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर गर्दै आएको बताए । वडा नम्बर २३ मा भेरी अस्पतालकी मेडिकल अधिकृत डा. समिक्षा चन्दले स्वास्थ्य जाँच गरेको स्वास्थ्य महाशाखाकी सिनियर अनमी निरीक्षक प्रेम कुमारी विसीले जानकारी दिइन् ।

  • २४ जेष्ठ २०८१, बिहीबार १८:१४ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित