बिहीबार काठमाडौंमा आयोजित लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनेल यस्तो बताएका हुन् । उनले पार्टी बीचमा गठबन्धन भए अन्य राजनीतिक दलहरूले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन् ।।
महिलाहरू लैंगिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्वभन्दा माथि उठ्न नसकेको बताए । उनले राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने उल्लेख गरे ।
“घात अन्तर्घात हुन्छ भनेर हामी गठबन्धन गरिरहेका छौँ, राजनीतिक दलहरूको बीचमा । मलाई के लाग्छ भने नेपाली कांग्रेस आफैँ पनि सक्षम छ । हामी हाम्रो बीचमा गठबन्धन गरौँ । नेपाली कांग्रेसको बीचमा गबठन्धन गर्ने हो भने हामीलाई कुनै पनि शक्तिले हराउन सक्दैन । अन्य दलहरूसँग गठबन्धन गर्नै पर्दैन,” उनले भने ।
नेता कोइरालाले महिलाहरूलाई प्रदेश र संघ संसद्को बीचमै प्रतिस्पर्धा गराइ अघि बढ्न आवश्यक रहेको बतार्ए ।