मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनै पनि राजनीतिक दलले हराउन नसक्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला
  • मार्गरेखा संवाददाता

  • बिहीबार काठमाडौंमा आयोजित लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनेल यस्तो बताएका हुन् । उनले  पार्टी बीचमा गठबन्धन भए अन्य राजनीतिक दलहरूले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन् ।।

    महिलाहरू लैंगिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्वभन्दा माथि उठ्न नसकेको बताए । उनले राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने उल्लेख गरे ।

    “घात अन्तर्घात हुन्छ भनेर हामी गठबन्धन गरिरहेका छौँ, राजनीतिक दलहरूको बीचमा । मलाई के लाग्छ भने नेपाली कांग्रेस आफैँ पनि सक्षम छ । हामी हाम्रो बीचमा गठबन्धन गरौँ । नेपाली कांग्रेसको बीचमा गबठन्धन गर्ने हो भने हामीलाई कुनै पनि शक्तिले हराउन सक्दैन । अन्य दलहरूसँग गठबन्धन गर्नै पर्दैन,” उनले भने ।

    नेता कोइरालाले महिलाहरूलाई प्रदेश र संघ संसद्को बीचमै प्रतिस्पर्धा गराइ अघि बढ्न आवश्यक रहेको बतार्ए ।

  • ७ असार २०८१, बिहीबार १३:२८ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित