मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आगलागी प्रभावित परिवारलाई राहत वितरण
  • मार्गरेखा संवाददाता

  • नेपालगंज ६ असार, डुडुवा गाउँपालिका वडा नं. १ स्थित शिवपुरी गाउँका आगलागी प्रभावित परिवारलाई राहत वितरण गरिएको छ ।
    जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रतिपरिवार पूर्ण नष्ट घरलाई नगद रु १५ हजार र आंशिक घरलाई १० हजारका दरले नगद राहत, नेपाल रेडक्रस सोसाइटीबाट ३२ घरपरिवारलाई गैरखाद्य राहत सामग्री र डुडुुवा गाउँपालिकाबाट खाद्य सामग्री वितरण गरिएको छ ।
    वितरण कार्यक्रममा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी, जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, विपद् व्यवस्थापन समिति संयोजक नरेन्द्रकुमार पौडेल उपनिर्देशक दोलखबहादुर डाँगी, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा, नेरेसो बेतहनी उपशाखा सभापति सोहनलाल यादव, सचिव धर्मपाल यादव, समसुद्दिन खाँ लगायत सुरक्षा निकाय र स्थानीयको सहभागिता रहेको थियो ।

  • ७ असार २०८१, बिहीबार १९:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित