मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालमा राजनीतिक स्थिरता नहुँदा वैदेशिक लगानी नेपालमा गर्न सकिएन्न नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समिति अध्यक्ष महेश दहाल
  • मार्गरेखा संवाददाता

  • लण्डन अषाढ ८   नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिले नेपालमा राजनीतिक स्थिरता नहुँदा वैदेशिक लगानी नेपालमा गर्न नसकिएको बताएको छ । जनसम्पर्क समितिका अध्यक्ष महेश दाहालले आफू नेपालमा लगानी गर्न तयार रहे पनि नेपालमा पटकपटक भइरहने नीति परिवर्तनले लगानी गर्न समस्या भएको बताएका छन् । शनिबार लण्डनमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई स्वागत गर्न आयोजित कार्यक्रममा उनले प्रवासी नेपालीले मात्र नभई आफूहरूले विदेश लगानीकर्ताहरूलाई पनि नेपालमा लगानी गर्न आग्रह गरेको तर, नेपालको अस्थिर राजनीतिका कारण लगानी गर्न उनीहरू डराएको बताए । उनले भने, ‘प्रोजेक्टको स्वीकृति लिँदा एक, प्रोजेक्ट कार्यान्वयनमा जाँदा अर्को र उत्पादन गर्दा फरक नीति बन्ने हुँदा विदेशीहरू लगानी गर्न तयार देखिएनन्। ’

    उनले राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्नेसमेत बताए । उनले नेपालमा अहिले नयाँ राजनीतिक दलहरूको प्रभाव परेको उल्लेख गर्दै त्यसको प्रभाव विदेशमा बस्ने नेपालीहरूमा पनि परेको बताए । उनले कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिको समस्या समाधान नगरेकाले पनि अप्ठेरो स्थिति आएको बताए ।

    प्रेस युनियनका अध्यक्ष लम्सालले जनसम्पर्क समितिका समस्यालगायतका विषयमा आफूले कांग्रेस नेतृत्वसँग कुरा गर्ने बताए । कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष दाहाल, प्रेस युनियन यूकेका अध्यक्ष विपिन निरौला, राजनीतिक विश्लेषक आरेक त्रिपाठी (राजकुमार)लगायतको उपस्थिति थिय

  • ९ असार २०८१, शनिबार १९:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित