मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल पत्रकार महासंघकाे वैधानिक संरचना भित्रबाट सदस्यता विवादको समाधान खाेजि निर्वाचनमा जाने ५ जना पुर्वअध्यक्षहरूले महासंघलाई आग्रह
  • मार्गरेखा संवाददाता

  • काठमाडौ अषाढ १६ ।  नेपाल पत्रकार महासंघका पाँचजना पूर्वअध्यक्षहरुले विवाद टुङयाएर तत्काल निर्वाचनमा जान अपिल गरेका छन् ।

    आइतबार पूर्वअध्यक्षहरुले एक वक्तव्य प्रकाशित गरी महासंघको वैधानिक संरचना भित्रबाट विवादको हल खोजेर तत्काल निर्वाचनमा जान केन्द्रीय अध्यक्ष बिपुल पोखरेलसहित केन्द्रीय समिति समक्ष अनुरोध गरेका हुन् ।

    महासंघका पूर्वअध्यक्षहरु किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेले आइतबार यस्तो अपिल गरेका हुन्।

    महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयहरुमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुभाग्र्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौं’ अपिलमा उनीहरूले भनेका छन् ।

    अपिलमा महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यतालगायतको विवादको समाधान महासंघको वैधानिक संरचनामार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघका अध्यक्षसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराइएको छ ।

    यस्तै अपिलमा महासंघका सदस्यहरुले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरुले गर्नसक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न समेत सदस्यहरुमा अपिल गरिएको छ ।

    नेपाल पत्रकार महासंघका पूर्व सभापति र अध्यक्षहरूको वक्तव्य

    (१) नेपाली पत्रकारहरूको साझा र भरोसायोग्य संस्था नेपाल पत्रकार महासंघभित्र पछिल्लो केही दिनयताका काम–कारबाही र गतिविधिप्रति महासंघका हामी पूर्व सभापति र पूर्व अध्यक्षहरू गम्भीर चिन्ता, चासो र सरोकार व्यक्त गर्दछौं ।
    (२) लोकतन्त्रको जगेर्ना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हितमा विभिन्न कालखण्डमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपालको अगुवा नागरिक संस्था समेत रहेको महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयहरूमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुर्भाग्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौं ।
    (३) महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यता लगायत विवादको समाधान महासंघको वैधानिक संरचना मार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघका अध्यक्ष सहित केन्द्रीय समितिको ध्यानाकर्षण गराउँदछौं । महासंघको साख र मर्यादा कायम गर्न पूर्व सभापति र अध्यक्षहरू आवश्यक सहजीकरण गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
    (४) नेपाल पत्रकार महासंघका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्न सक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासंघका सदस्यहरूमा हामी अपील गर्दछौं ।
    १ किशोर नेपाल
    २ सुरेश आचार्य
    ३ तारानाथ दाहाल
    ४ विष्णु निष्ठुरी
    ५ शिव गाउँले

  • १७ असार २०८१, आईतवार २१:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित