मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
  • मार्गरेखा संवाददाता

  • धनगढी अषाढ २० । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँग प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरू पनि पदबाट राजीनामा बुझाएका छन् ।

    एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने– ‘मुख्यमन्त्रीज्यू यहाँ नभएपछि उहाँसँग टेलिफोन संवाद भयो । साथै समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता गराएका छौँ । हाम्रा मन्त्रीहरूले पनि सरकारबाट राजीनामा दिनुभयो । मुख्यमन्त्री दीर्घ सोडारी अहिले काठमाडौँ छन् । उनको अनुपस्थितिमा मुख्यमन्त्री कार्यालयमा पत्र दर्ता गराएको पूर्व मुख्यमन्त्री समेत रहेका नेता रावलले बताए ।

    एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसैबिच नेता रावलले मुख्यमन्त्री सोडारीले नैतिक रूपमा पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग खुला गर्नुपर्ने बताए

  • २१ असार २०८१, बिहीबार १८:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित