मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल मगर संघ काेहलपुरले साउने संक्रान्तीको अवसरमा ८ सय वटा वृक्षारोपण
  • मार्गरेखा संवाददाता

  • काेहलपुर साउन १ । बाँकेको कोहलपुर नगरपालिका वडा नं.८ स्थित सितल वन वाटिकामा मंगलवार वृहत वृक्षारोपण गरिएको छ । साउने संक्रान्तीको अवसर पारेर नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुरको आयोजनामा वन वाटिकामा विभिन्न प्रजातिका आठ सय विरुवा रोपिएको संघका अध्यक्ष कृष्ण बहादुर पुनले जानकारी दिए । उनका अनुसार धुपी सल्ला, अमला, बेल, अम्वा, छतिवन, गोल्डमोर, पारिजात, कपुर, सितलचिनी, जाकान्द्रा लगायतका विरुवा रापिएको हो । कोहलपुर नगर पालिकाको हरित नगर अभियानलाई समेत टेवा पुग्ने उद्देश्यका साथ वन वाटिकामा विरुवा रोपिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । अहिले कोहलपुर नगरपालिकाले पनि हरित नगर निर्माणका लागि वृक्षारोपण कार्यक्रमलाई सघनरुपमा अघि बढाएको छ । वन वाटिकामा नगरपालिकाले समेत विरुवा उपलब्ध गराएको छ । वन वाटिकालाई पर्यापर्यटनसँग जोड्ने गरी स्थानीय सरकारले समेत प्राथमिकतामा राखेको वडा नं.८ का वडाअध्यक्ष लालबहादुर रानाले बताए । ‘कोहलपुर नगरपालिकाको गौरवको योजनाका रुपमा वन वाटिकालाई पनि हेरिएको छ वृक्षारोपण गर्दै गर्दा उनले भने–‘यसलाई आन्तरिक तथा बाह्रय पर्यटन प्रर्वधनका रुपमा विकास गर्न सकियो भने कोहलपुरको पहिचान वन्न सक्छ ।’ सिलत छायाँ सामुदायिक वन उपभोक्ता समूह मातहत रहेको वन वाटिकाको मुहार फर्ने गरी योजना बनिसकेको अध्यक्ष रानाले बताए । उनले करिव २२ करोडको डिपिआर तयार भइसकेको पनि उल्लेख गरे । यहाँ ठूलो सेमिनार हल बन्ने छ । जहाँ ठूलठूला कार्यक्रमहरु गर्नका लागि कोहलपुर वाहिर जान नपरोस् । ध्यान केन्द्र निर्माणदेखि बालबालिका तथा युवायुवतिलाई भुलाउने संरचनाहरु निर्माण गर्ने योजना छ । नजिकै पौडी खेल्नका लागि नहर छ । थोरै लगानी गर्ने हो भने खेलमैदानले आकार पाउँछ । नजिकै विद्युतिय समसान घाट निर्माण गरिँदैछ । ‘एक किसिमले यहाँ हरेक क्षेत्रलाई समेट्दै संरचनाहरु निर्माण गरेर कोहलपुरको पहिचानका रुपमा यसलाई विकास गर्ने गरी डिपिआर वनेको छ उनले भने–‘यसले डिपिआर अनुसारको संरचना हुने हो भने बाँकेकै उत्कृष्ट पर्यटकिय गन्तव्य वन्न सकन्छ ।’ वृक्षारोपण कार्यक्रममा नेपाल मगर संघका जिल्ला अध्यक्ष भुपेन्द्र पुन, सितल छायाँ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खुर्सल भण्डारी, स्थानीयबासी, बुद्धिजीवि, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो । यो सामुदायिक वन दुई सय बढी हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

  • १ श्रावण २०८१, मंगलवार १३:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित