मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संस्थापन इतर पक्षले तीव्र असन्तुष्टि बिच कांग्रेसले टुंगो लगायो लुम्बिनीका मन्त्रीहरू
  • मार्गरेखा संवाददाता

  • दाङ देउखुरी साउन ९ । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । कांग्रेसले आफ्नो भागमा परेका ५ मन्त्रालयमध्ये ४ जनाको नाम टुंगो लगाएको हो । यसप्रति संस्थापन इतर पक्षले तीव्र असन्तुष्टि जनाएको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यसहित कांग्रेस र एमालेका मन्त्रीहरुको बुधबार बिहान बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण कार्यक्रम राखिएको छ । शपथ ग्रहणमा सहभागी हुन नेता कार्यकर्ताहरु बुटवलमा भेला भएका छन् ।

    कांग्रेसबाट कोको बन्दैछन् मन्त्री ?

    गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री हुनेछन् । न्यौपाने बाहेक अरु संस्थापन समूहका हुन् ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि मन्त्री बन्नेहरुको नाम छनोट गर्दा प्रदेश समितिसँग सल्लाह र समन्वय नभएको बताए । ‘क–कसलाई मन्त्री बनाउँदैछन्, मलाई कुनै जानकारी छैन,’ पुनले भने ।

     

  • ९ श्रावण २०८१, बुधबार १०:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित