मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट समेत भ्रष्टाचार मुद्दामा दोषी ठहर
  • मार्गरेखा संवाददाता

  • काठमाडौं साउन १३। पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट समेत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले स्रोत नखुलेको सम्पत्ति जोडेर भ्रष्टाचार गरेकोमा तत्कालीन कांग्रेस नेता जोशीलाई दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवाना फैसला सुनाएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमुद्दा दायर गरेको साढे २० वर्षपछि जोशी विरुद्धको भ्रष्टाचार मुद्दा टुंगिएको हो । अब उनले तत्काल कैद सजाय भोग्नुपर्नेछ । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार, सार्वजनिक पुगेका व्यक्तिले आफ्नो वैधानिक आम्दानीको तुलनामा अस्वभाविक रुपमा सम्पत्ति आर्जन गर्नु भ्रष्टाचार हो । त्यस्ता व्यक्तिमाथि अनुसन्धानका क्रममा आम्दानीको तुलनामा बढी सम्पत्ति भेटिएमा अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी भ्रष्टाचार मुद्दा दायर गर्न पाउछ । त्यही प्रक्रिया अनुसार जोशीमाथि दुई दशकअघि भ्रष्टाचारमुद्दा मुद्दा चलेको हो ।

    भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्ने विशेष अदालतको फैसला सदर गरेपनि सर्वोच्च अदालतले पूर्वमन्त्री जोशीको केही कैद र जरिवाना भने घटाइदिएको छ । उनलाई विशेष अदालतले डेढ वर्ष कैद सजाय सुनाएकोमा सर्वोच्च अदालतले आधा घटाएर ९ महिनामात्रै कैद सजाय सुनाएको हो ।

  • १३ श्रावण २०८१, आईतवार २१:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित