४ असार २०८३, बिहीबार
Margarekha
४ असार २०८३, बिहीबार
    गृहपृष्ठ मुख्य समाचार अन्तर्राष्ट्रिय राजनीति विचार/ब्लग खेलकुद अर्थ भिडियाे
Margarekha
गृहपृष्ठ
मुख्य समाचार
विचार/ब्लग
अन्तर्वार्ता
अन्तर्राष्ट्रिय
राजनीति
समाज
खेलकुद
अर्थ
मनोरन्जन
जीवनशैली
स्वास्थ्य
शिक्षा
धर्म/संस्कृति
भिडियाे


मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सर्च गर्नुहोस्

आज पनि देशभर वर्षा हुने पूर्वानुमान सतर्कता अपनाउन अनुरोध
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ साउन २३। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ । कोशी, मधेस, बागमती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । त्यसैगरी विभागले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ । आगामी २४ घण्टामा देशभर साधारणतया बदली रहने जनाउँदै विभागले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोको क्षतिबाट बच्न जोगिन तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
  • २३ श्रावण २०८१, बुधबार ०७:५२ प्रकाशित
  • तपाईको प्रतिक्रिया दिनुहोस्
    Nabintech
    ताजा खबर

    आज असार ३ गते बुधबारकाे राशिफलमा तपाईकाे भाग्य अंक र लक्की कलर जानुहाेस

    नाका कडाइ गरेपछि नेपालगन्ज भन्सार कार्यालयले राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि

    आज असार २ गते मंगलबारकाे राशिफलमा यी पाँच राशिका व्यक्तिहरूले आफ्नो कार्यस्थलमा केही ठूलो उपलब्धि हासिल गर्न सक्छन्

    लागूऔषधसहित ४३ जना पक्राउ

    सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना राष्ट्रपति पाैडेल

    सम्बन्धित

    आज असार ३ गते बुधबारकाे राशिफलमा तपाईकाे भाग्य अंक र लक्की कलर जानुहाेस

    नाका कडाइ गरेपछि नेपालगन्ज भन्सार कार्यालयले राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि

    आज असार २ गते मंगलबारकाे राशिफलमा यी पाँच राशिका व्यक्तिहरूले आफ्नो कार्यस्थलमा केही ठूलो उपलब्धि हासिल गर्न सक्छन्

    लागूऔषधसहित ४३ जना पक्राउ

         

    सम्पर्क

    मधु मिडिया प्रा.ली.द्धारा संचालित

    सुचना विभाग द. नं. : ६७८-०७४/७५

    ठेगाना : नेपालगंज-०६, बाँके

    फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

    ईमेल : [email protected]

     

    हाम्राे टिम

             

    प्रबन्ध निर्देशक : मधु याेगी

    सम्पादक : रूपन ज्ञवाली

    प्रधान सम्पादक : प्रेम के.सीा  

    काठमाडौ समाचारदाता : लक्ष्मण के सी

    अधिवक्ता/कानूनी सल्लाहकार : प्रदिप सत्याल

    हाम्राे फेसबुक


    Copyright © 2017-2026, Margarekha, सर्वाधिकार सुरक्षित.
    Site By : Nepsyscode.