मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्वास्थ्य बीमालाई प्रभाावकारी र ब्यवस्थित बनाउँछौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, साउन २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सबैलाई समेट्ने गरी यसको दायरा फराकिलो बनाउने काम भइरहेको बताए । उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि केही नयाँ कामहरु गर्ने तयारी भइरहेको जानकारी दिँदै छिट्टै ती कार्यक्रमहरु घोषणा गरिने समेत बताए । आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना पनि मन्त्री पौडेलले सुनाए ।

    नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा उनले स्वास्थ्यमा नेपाली नागरिकको सहज पहुँच स्थापित गर्ने कार्ययोजनाका साथ सरकार लाग्ने बताए । सरकारी र निजी अस्पताललाई व्यवस्थित र नागरिकमैत्री बनाउन तथा अस्पतालहरुमा विरामीको लाइन हटाउने विषयमा आफू सुक्ष्म अध्ययनमा रहेको मन्त्री पौडेलको भनाई छ । अर्को फरक प्रसंगमा उनले कांग्रेसलाई आगामी निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने गरी सुदृढ र बलियो बनाउने काममा सबै लाग्नुपर्नेमा जोड दिए ।

    पार्टी सभापति गौडेलले गरीब र निमुखा जनताको स्वास्थ्यमा सहज पहुँच पुर्याउने गरी नयाँ ढंगले काम गर्न मन्त्री पौडेले सक्षम हुने विश्वास ब्यक्त गरे । भेरी अस्पतालको स्तरबृद्धि, भौतिक पूर्वाधार विकास र जनशक्ति ब्यवस्थापनका लागि मन्त्री पौडेललाई आग्रह गर्दै उनले सुशील कोइराला क्यान्सर अस्पतालमा अहिलेसम्म दरबन्दी नै नभएकोप्रति ध्यानाकर्षण समेत गराए । गौडेलले नेपाली जनताले कांग्रेसलाई क्रेडिट दिने गरी स्वास्थ्य क्षेत्रमा नयाँ काम हुने विश्वास समेत ब्यक्त गरे । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

  • २५ श्रावण २०८१, शुक्रबार १७:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित