मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे बैजापुरमा युवासंघ र तरुण दल व्यक्तिबीच आक्रमण दुईजना गम्भीर घाइते
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज भडै २ । बाँके राप्तीसोनारीमा खुकुरी प्रहारबाट दुई युवा गम्भीर घाइते भएका छन् ।  खुकुरी प्रहारबाट बैजनाथ गाउँपालिका वडा नम्बर ७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्ल र राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सन्दिप बिष्ट गम्भीर घाइते भएको बाँके प्रहरीले जनाएको छ । मल्लको बायाँ कोखामा र बिष्टको दुवै हातको कुममा गहिरो चोट लागेको छ । घाइतेहरुको भारतको लखनउमा उपचार भइरहेको छ ।

    जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले शनिबार बेलुकी राप्तीसोनारी वडा नम्बर ५ बिनौना चोकमा एक समूहले उनीहरूमाथि खुकुरी प्रहार गरेको बताए । घटनाका बारेमा सोधपुछका लागि चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख कार्कीले जानकारी दिए ।

    घटनामा संलग्न रहेको आरोपमा एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्तीसोनारी–२ का वडाअध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओलीसहित ४ जनालाई नियन्त्रणमा लिइएको एसपी कार्कीले बताए । घाइते हुने दुबै जना नेपाली कांग्रेस निकट तरुण दलमा आवद्ध युवा हुन् ।

  • २ भाद्र २०८१, आईतवार १५:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित