मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ब्रह्माकुमारीज क्षेत्रिय कार्यालय नेपालगंजमा सामुहिक रक्षाबंधन कार्यक्रम सम्पन्न
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज भदाै ३ । रक्षाबंधनको उपलक्ष्यमा ब्रह्माकुमारीज क्षेत्रिय कार्यालय नेपालगन्जमा  सामुहिक रक्षाबंधन कार्यक्रम सम्पन्न भएकाे छ । संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा पुर्व लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री रत्न खत्री, नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, सशस्त्र बल बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्री विमल डाँगी , वरिष्ठ पत्रकारद्वय पूर्णलाल चुके, जे.पाण्डे, नेपालगंज उघाेग बाणिज्य संघ नेपालगन्जका  पुर्व अध्यक्षहरू  कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल वैश्य, नेपाली काँग्रेस पार्टी, बाँकेका कोषाध्यक्ष यज्ञ बहादुर वस्नेत, नेपालगंज उ.म.न.पा.का ईन्जिनियर निवेश शर्मा, डा.बिनोद खेतान, डा.खगेन्द्र जंग शाह, ने.ग.१ का अध्यक्ष प्रमाेद रिजाल, नेपालगंज उ.बा.स.का उप महासचिव टेक बहादुर खड्का लगायत  व्यक्तित्वहरु गरी झण्डै १००० जनाले नेपालगंजमा रक्षासुत्र ग्रहण गरेका थिए । यसै गरि क्षेत्रीय सेवाकेन्द्रबाट ४२ वीं वाहिनी र ५९ वीं बटालियन सशस्त्र सीमा बल , नानपारा, बहराइच , रुपैडिहा, नेपाल भंसार ,भंसार सशस्त्र प्रहरी बल, कारागार कार्यालय, नेपालगन्ज, बाँके , कारागार कार्यालय नाैवस्ता, बाँके , मानव सेवाआश्रम , प्रेरणा प्रतिस्थापन केन्द्र(सुधार गृह) आदि स्थानहरुमा रक्षाबंधन राखी बाँधिएको थियो । यसका साथै राँझा, कोहलपुर सेवाकेन्द्रमा र ट्राफिक प्रहरी कार्यालय, नीलसागर सेवाश्रममा, संझनाबजार(बाँके) , बाँसगढी, गुलरिया, मैनापोखर, मधुवन(सानोश्री), राजापुर(बर्दिया) र छिन्चु, वीरेन्द्रनगर(सुर्खेत) सेवाकेन्द्रमा पनि अनेकौं श्रद्धालु विशिष्ट व्यक्तित्वहरुले रक्षाबंधन बाध्नुभएको थियो । गुलरियामा जिल्ला कारागार, सशस्त्र प्रहरी गण, मुर्तिहा एस.एस.बी.क्याम्प र सुर्खेत लगायत नेपालमा रहेका सबै सेवाकेन्द्रहरुमा विभिन्न व्यक्तित्वहरुद्वारा रक्षाबंधन बाधिएको थियो ।

  • ३ भाद्र २०८१, सोमबार २०:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित