मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
  • मार्गरेखा संवाददाता

  • कैलाली प्रहरीले विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ ।

    कैलाली भदाै ५ ।   प्रहरीले धनगढीस्थित धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेनालाई पक्राउ गरेको हो । बाजुराको त्रिवेणी नगरपालिका–७ घर भएका ती शिक्षक धनगढी उपमहानगरपालिका–८ मा बस्दै आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    तिमिल्सेनाले आफू पढाउने विद्यार्थीलाई गत साउन ३० गते दिउँसो धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चौकस्थित आफ्नो बहिनीको कोठामा बोलाएर बाल यौन दुरुपयोग गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । साभार गाेरखापत्र अनलाइन बाट

  • ५ भाद्र २०८१, बुधबार ०९:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित