मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

क्रियाशील सदस्यता परिचयपत्र नेपाली काँग्रेस बाँकेले वितरण सुरु
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज भदाै ७। नेपाली कांग्रेस बाँकेले क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु भएको छ । आजदेखि क्रियाशील सदस्यता परिचयपत्र वितरण गर्न सुरु गरिएको हो । पार्टी कार्यालयबाट वडा सभापतिहरुलाई क्रियाशील सदस्यता परिचयपत्र वितरण गर्न सुरु गरिएको कार्यालय सचिव अमित कँडेलले जानकारी दिनुभयो । सभापति नारायण प्रसाद गौडेलसहित पार्टी पदाधिकारीले वडा सभापतिलाई सम्बन्धित वडाको क्रियाशील सदस्यता परिचयपत्र हस्तान्तरण गरेका छन् । “पहिलो दिन क्षेत्र नम्बर ३ का वडा सभापतिलाई बोलाएर कार्ड दिएका छौं, आइतबार क्षेत्र नम्बर १ र २ का वडा सभापतिलाई पार्टी कार्यालयबाटै परिचयपत्र वितरण गर्छौैं,” प्रबक्ता डिल्ली गिरीले भन्नुभयो ।

    सचिव सुधांशु कोइराला, सहसचिव रेनु सिंह ठाकुर, प्रबक्ता गिरी, सदस्य रामचन्द्र गुप्ताले कार्ड वितरण गर्नुभएको थियो । वडा सभापतिले पार्टी छाडेका, पार्टीबाट कारबाही भएका, मृत्यु भएका र बुझाउन बाँकी रहेका बाँकी कार्ड तथा बुझाएको कार्डको भरपाई पार्टी कार्यालयमा बुझाउनुपर्नेछ ।

  • ७ भाद्र २०८१, शुक्रबार १३:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित