मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

परिवारका सदस्य लाई दक्ष र सक्षम बनाउन घरदेखि नै पुस्तकप्रतिको मोहको विकास गराउन सबै लाग्नु पर्ने लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मी
  • मार्गरेखा संवाददाता

  • काेहलपुर  भदाै १४ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले    समाजमा ब्याप्त लागुऔषध दुव्र्यसनीको कुलतलाई कम गर्न पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसप्रति किशोरकिशोरीलाई आर्कषित गराउन पढ्ने बानीको विकास गराउनतर्फ लाग्नुपर्ने बताएका छन ।

    साे कुरा १७ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा बाँकेको कोहलपुरमा आयोजित लागुपदार्थ दुव्र्यसनी विरुद्धको बृहत र्‍यालीको समापनलाई सम्बाेधन गदै बताएका हुन

    मन्त्री कुर्मीले परिवारका सदस्यहरूलाई दक्ष र सक्षम बनाउन घरदेखि नै पुस्तकप्रतिको मोहको विकास गराउन अभिभावक स्वयम लाग्नुपर्छ बताउदै  संगसगैं आफ्ना बच्चाहरुको निगरानी गर्दै लागुपदार्थको दुव्र्यसनीबाट जोगाउने वातावरण निर्माण बनाउने बताए ।

    बन मन्त्री  कुर्मीले ज्ञानकाे अपार भण्डारण रहेको पुस्तकालयको उपयोगिता र यसप्रतिको महत्वलाई विकास गर्न सके पुस्तौँ पुस्ताका लागि पुस्तकालय लाभदायि हुने बताउदै  समाजमा ब्याप्त लागुऔषध दुव्र्यसनीको कुलतलाई कम गर्न पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसप्रति किशोरकिशोरीलाई आर्कषित गराउन पढ्ने बानीको विकास गराउनतर्फ परिवार समाज लाग्नु पर्ने बताए ।
    पछिल्ला समय हाम्रा बालबालिका फुर्सदमा कुलतमा फस्दै गएकाछन् । उनीहरु अनुत्पादक क्षेत्रमा आफूलाई ब्यस्त बनाइरहेकाछन्’ कुर्मीले अगाडी थपे–‘आफूलाई दक्ष र सक्षम बनाउन घरदेखि नै पुस्तकप्रतिको मोहको विकास गराउन अभिभावक स्वयम लाग्नुपर्छ । संगसगैं आफ्ना बच्चाहरुको निगरानी गर्दै लागुपदार्थको दुव्र्यसनीबाट जोगाउने वातावरण निर्माण गर्नुपर्छ ।’
    मन्त्री कुर्मीले भने–‘स्वयम अभिभावक नै कुलतमा लागेकाछन् । उनीहरु मद्यपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्छन् अनि आफ्ना बालबालिकालाई दुव्र्यसनीबाट टाढा रहने अर्ती दिन्छन् ।’ कुर्मीले अगाडी भने–‘यो राम्रो होइन । यस्तो व्यवहार र संस्कारले हाम्रा सन्तानले असल शिक्षा र ज्ञान पाउँदैनन ।’
    लागुपदार्थको सुरुवात भनेकै चुरोट, सुर्ती, रक्सी र गुट्खाजन्य पदार्थबाट हुन्छ । यो नै दुव्र्यसनीको पहिलो खुड्किलो भएकाले यस्ता नकारात्मक व्यवहार अभिभावक स्वयमले त्यागेर आफ्ना बच्चाहरुलाई मार्गनिर्देश गरे मात्र दुव्र्यसनीमुक्त समाजको परिकल्पना साकार हुन्छ ।
    ‘पुस्तक मानिसको असल साथी हो । पुस्तकालयलाई विद्याको सागरको रूपमा लिइन्छ । जसलाई जति व्यवस्थित रूपमा प्रयोग गर्न सकियो, त्यति नै विद्या आर्जन गर्न मद्दत पुग्छ । यसले मानिसलाई असल मार्ग देखाउँने भएकाले पुस्तकालयको विकास, संरक्षण र सम्र्बद्धनमा सबै लाग्नुपर्छ ।’ उनले अगाडी थपे–‘बालबालिका, किशोर–किशोरी, युवा, वयस्क, वृद्ध–वृद्धा सबैले आफ्नो फुर्सदको समयको उचित सदुपयोग गर्ने स्थल र माध्यमका रूपमा पुस्तकालयलाई प्रयोग गर्न सक्दछन् । जसले नयाँ–नयाँ उपयोगी कुरा सिक्न र आफूले सिकेका कुरा अरूलाई सिकाउने र बाँड्ने वातावरण निर्माण गर्दछ ।’
    मन्त्री कुर्मीले पुस्तकालयको अवधारणा विद्यालयकेन्द्रित मात्र नभएर एक पालिका एक पुस्तकालयको अवधारणा अनिवार्य विकास गराउनुतर्फ लाग्नुपर्ने बताए ।
    कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले अभिभावककै कारण बालबालिकाहरुले असल शिक्षा र मार्गदर्शन नपाएको टिप्पणी गरे । उनले भने–‘जबसम्म अभिभावकहरु स्वयम मद्यपान र सुर्तीजन्य पदार्थको सेवन गर्न छाड्दैनन् तबसम्म लागुपदार्थमुक्त समाजको कल्पना गर्न सकिदैन ।’
    ‘लागुपदार्थ भन्ने वितिक्कै हामीले मद्यपान र सुर्तीजन्य पदार्थ बाहेक अन्य बस्तुलाई बुझ्ने गरेका छौं । यो गलत ब्याख्या भइरहेको छ ।’ मेयर आचार्यले भने –‘लागुपदार्थ भन्ने वित्तिकै चुरोट, सुर्ती, जाँडरक्सी, पानगुट्खालाई समेत बुझ्नुपर्छ । यसैको लतबाट लागुपदार्थको दुव्र्यसनीमा हाम्रा बालबालिका फस्दै गइरहेका छन् । यो ठूलो चुनौतीको विषय हो ।’
    ‘हाम्रा अभिभावकहरु नै कुनै न कुनै लतबाट ग्रसित छन् । उनीहरु त्यो लतबाट बाहिर निस्कन चाहादैनन् मात्र दोषहरु हाम्रा बालबालिका, किशोरकिशोरी र युवालाई लगाइरहेकाछन् ।’ उनले एक उदारहण दिदैँ अगाडी थपे–‘आफूलाई अभियन्ता भन्नेहरु नै मद्यपान सेवन गरेर स्कुटी मुनी लडेको अवस्थामा हाम्रा नगरप्रहरीले घरसम्म उद्दार गरेकाछन् । यस्ता ब्यक्तिहरु दुव्र्यसनी विरुद्ध चर्का नारा लगाउँछन् ।’
    यस्ता दुव्र्यसनी कम गर्न पुस्तकालयले ठूलो योगदान दिने भएकाले सबैले फुर्सदको समयलाई पुस्तक पढ्ने बनाउन सक्नुपर्ने मेयर आचार्यले जोड दिए ।

    ज्ञानोदय सामुदायिक पुस्तकालय, कोहलपुरका सचिव एकराज शर्माले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तब्य महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादव तथा उत्प्रेरणा मन्तब्य सहारा सुधार केन्द्र नेपालगन्जका अभिकुमार क्षेत्रीले दिएका थिए ।

  • १४ भाद्र २०८१, शुक्रबार १७:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित