मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने
  • मार्गरेखा संवाददाता

  • काठमाडौं भदाै १५ । सरकारले फ्रान्सको पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएकी छन् ।

    राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल/ग्रीष्मकालीन/शीतकालीन/पारा/विशेष तथा र विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने हुन्छ । नियमावली अनुसार पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन्

    राखेप नियमावली २०७९ अनुसार व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीले १ करोड ३० लाख र रजत जित्ने खेलाडीले ९७ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    फ्रान्सको पेरिसमा जारी पेरिस पारालिम्पिक्समा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्बियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक जिताएकी हुन् । ओलम्पिकमा ६ दशकदेखि सहभागिता जनाउँदै आए पनि नेपाली खेलाडीले एक पनि खेल जित्न सकेका थिएनन् ।

    पलेशाले पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१-० को पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएकी थिइन् । तर क्वाटरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०-८ ले पराजित हुन पुगेकी थिइन् ।

    त्यसपछि रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २-१ ले पराजित गर्दै पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् ।

  • १५ भाद्र २०८१, शनिबार १५:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित