नेपालगन्ज भदाै १६। लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले महिलाहरुको क्षमता बृद्धिका लागि बिभिन्न रचनात्मक कार्यक्रम गर्नु पर्ने बताएका छन ।
साे कुरा नेपाल प्रेस युनियन बाँके द्वारा आयाेजित तीज लेखनबृति प्रतियोगिताका सहभागी लाई पुरस्कार तथा प्रमाणपत्र बितरण बितरण गदै बताए ।
नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको तीज लेखनबृति प्रतियोगितामा पत्रकार सरला सुवेदी प्रथम हुनुभएको छ । प्रतियोगितामा सहभागि भएका सात जना महिला पत्रकारमध्ये सुवेदीको लेख प्रथम साबित्री बिश्वकर्मा द्धितिय र आरती कट्टेल तृतिय हुनुभएको छ । उत्कृष्ट भएसँगै उहाँहरु क्रमशः पाँच, तीन र दुई हजार रुपैयाले पुरस्कृत हुनुभएको छ । युनियन बाँकेले लेखनबृति प्रतियोगितामा सहभागिताका लागि महिला पत्रकारहरुलाई आह्वान गरेको थियो भने प्रतियोगितामा बाँकेका सात जना महिला पत्रकारले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा बिमला चौधरी, ममता थापा, शिवानी विक र शाहिदा बानोलेसमेत सहभागिता जनाउनुभएको थियो । लेखनमा उत्प्रेरित गर्नका लागि उहाँहरुलाई नगद एक÷एक हजारका दरले पुरस्कृत गरिएको छ ।
महिला पत्रकारहरुको क्षमता अभिबृद्धि हुने अभिप्रायले नेपाल प्रेस युनियन बाँकेले गतवर्षदेखि महिला पत्रकार लेखनबृति प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवं युनियनका नेता निरज गौतमको संयोजकत्वमा महासंघ बाँके उपाध्यक्ष करुणा शाह र क्रियाशिल महिला पत्रकार संघ बाँके अध्यक्ष साबित्री गिरी सम्मिलित पुरस्कार छनोट समितिले उत्कृष्ट लेखको छनोट गरेको थियो ।
युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा उपाध्यक्ष निशा शाहले स्वागत गर्नुभएको कार्यक्रमको उद्देश्यका बारेमा युनियनका अर्का उपाध्यक्ष कमल खत्रीले जानकारी दिनुभएको थियो भने पुरस्कार छनोटको आधार तथा मापदण्डका बारेमा संयोजक गौतमले प्रकाश गर्नुभएको थियो । सोही अवसरमा नेपाल प्रेस युनियन विशेष अंङ्कसमेत सार्वजनिक गरिएको थियो । सो बुलेटिनमा प्रतियोगितामा सहभागि लेखलाई प्रकाशितसमेत गरिएको छ ।
यसैगरी नेपाल प्रेस युनियनको शनिबार नेपालगञ्जमा सकिएको साधारण सभाले निर्माण गर्ने निर्णय गरिएको एनपियू कल्याण कोषका लागि मन्त्री कुर्मीले ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यस्तै साँसद पुनले ५ हजार १ सय, नेपालगञ्ज हेल्थ क्याम्पसकी पदमा थापाले ५ हजार १ सय, नेपाल तरुण दल जिल्ला सदस्य एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठन बाँकेका अध्यक्ष वीरेन्द्र सिंह ठकुरीले १० हजार १ सय ११ र नेपाल उद्योग वाणिज्य महासंघकी महिला विकास सदस्य रचना श्रेष्ठले ५ हजार १ सय रुपैया कल्याण कोषका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी, सदस्य गौरव गिरी, नेपाली काँग्रेस महासमिति सदस्य डा।शुरेस कुमार कनोडिया, लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, बाँके जिल्ला सहसचिव रेनु सिंह ठाकुर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सदस्य सरला सुवेदी, महासंघ बाँके उपाध्यक्ष शाह, क्रियाशिल महिला पत्रकार संघ बाँके अध्यक्ष गिरी, संचारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, बाँके अध्यक्ष रुपनी जिएम, नेपाली काँग्रेस जिल्ला सदस्य पुष्पा शुक्ला, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायतको उपस्थिति रहेको कार्यक्रममा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने व्यक्तित्वलाई मायाको चिनोसमेत प्रदान गरिएको सचिव भिष्म लोधले जानकारी दिनुभयो ।