मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रुकुमेली सेवा समाज कोहलपुरले ५०० जना चेलीलाई दर खुवाएर तिज मनायाे
  • मार्गरेखा संवाददाता

  •  

    रुकुम जिल्लाबाट स्थायी तथा अस्थायी रूपमा बसोबास गरि बाँकेको कोहलपुरमा बसोबास गर्दै आएका रुकुमेली नारिहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको थियो ।

     

    कार्यक्रम  रुकुमेली सेवासमाज बांकेका अध्यक्ष बासुदेव गौतमले रुकुम जिल्लाबाट बसाइँसराइ गरि बाँके जिल्लाका ७ वटै पालिकामा बसोबास गर्दै आएका रुकुमेलीहरुका दुख, पिडामा सहयोग आदानप्रदान गर्न र एकताको सन्देश दिन समाजको स्थापना गरिएको बताउदै अहिले जिल्ला टुक्राएको भएपनी पश्चिम र पुर्वी दुबै रुकुम एउटै भएको बताए

     

    कार्यक्रममा बोल्दै रुकुम खोलागाउं जन्म भइ हाल कोहलपुर बसोबास गर्दै आएका मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उप प्राध्यापक एकराज शर्माले रुकुमेली सेवा समाजले रुकुमेली जनताका घाउहरुमा मलम पट्टि लगाउनु पर्नेमा जोड दिए ।

    उनले रुकुम जिल्लाबाट विविध कारण बसाइँसराइ गरि बांके जिल्ला बसोबास गरिरहेका सबै विच एकाअर्कालाई सहयोग गर्न र एकता, आपसी सद्भाव र सहिष्णुता हुनुपर्ने वतााउदै पछिल्लो समयमा हिन्दु संस्कार, संस्कृति र दर्शन हराउँदै गएकोले त्यसको संरक्षण गर्न समाजले भुमिका खेल्नुपर्ने वताए ।

     

    कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं –१२ का वडाध्य्क्ष विरेन्द्र कुमार शाह, कोहलपुर कार्यपालिका सदस्य सुनिता सुनार, समाज सेवि जेस्ठ सदस्य पुर्व प्रधानपन्च नन्दकुमार शर्मा आचार्य, पुर्व गाविस अध्यक्ष गोपाल प्रसाद शर्मा, युवा बाल कुमार शर्मा, वीर बहादुर थापा, चिन्तामणी शर्मा लगाएत  उपस्थित रहेको थियो ।

    वार्षिक साधारणसभामा समाजका सचिव यज्ञ प्रसाद शर्माले समाजको आय व्यय प्रस्तुत गरेका थिए ।

     

    कार्यक्रम समाजका अध्यक्ष प्रताप खत्रीको सभापतित्वमा भएको कार्यक्रम समाजका सचिव यज्ञ प्रसाद शर्माले सञ्चालन गरेका थिए । झन्डै ५०० महिला दिदिबहिनी लाई दर खुवाउने काम गरिएको समाजका अध्यक्ष खत्रीले जानकारी दिए

     

  • १८ भाद्र २०८१, मंगलवार १८:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित