मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा क्यान्सर निदान र उपचार सेवा सुरु हुने सम्झाैता
  • मार्गरेखा संवाददाता

  • सुर्खेत भदाै १९ ।   कर्णाली प्रदेश अस्पताल सुर्खेत र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबीच क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता भएको छ ।

    संघीय सरकारले क्यान्सर नियन्त्रण राष्ट्रिय रणनीति (२०२४-२०३०) तयार पारेसँगै अब सातै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा सुरु हुन लागेको हो । मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा. डा. डम्बर खड्काबीच सेवा विस्तार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । यसैगरी सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    सरकारको क्यान्सर नियन्त्रण रणनीतिमा  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्णालीमा सेवा विस्तार गर्ने जिम्मेवारी तोकेको थियो  । रणनीति कार्यान्वयनका लागि संघीय स्वास्थ तथा जनसंख्या मन्त्रालयले कार्यविधिसमेत पारित गरिसकेको छ ।

    कर्णालीमा सेवा विस्तार हुने भएसँगै यहाँका नागरिकलाई प्राण घातक रोग क्यान्सरको उपचार गर्न अन्यत्र प्रदेश धाउन पर्ने बाध्यताको अन्त्य हुनेछ

  • १९ भाद्र २०८१, बुधबार १२:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित