काठमाडौ भदाै २०। कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आर्चायको नेतृत्व प्रतिनिधि मण्डलले कृषी तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी संग बिहिबार सिहदरबारमा भेटघाट गरेको छ ।
भेटघाटमा कोहलपुरका प्रमुख पुर्ण प्रसाद आचार्यले
कोहलपुर नगरपालिका वडा नं ९ स्थित दुग्ध विकास संस्थान दुग्ध वितरण आयोजनाको क्षमता विस्तार गरि धुलो दुध कारखाना पाउडर प्लान्ट स्थापना गरि दुग्ध व्यवसायको प्रवर्द्धनका साथै दुधको व्यवस्थापन गरि पश्चिम नेपालकाे लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका दुग्ध व्यवसायी किसानलाई आत्मनिर्भर बनाउँदै ग्रामीण अर्थतन्त्रको बलियो आधार तय गर्न आवश्यक बजेट व्यवस्थापन सहित कार्यक्रम अगाडि बढाइदिनुहुन अनुरोध गरेपछि मन्त्री रामनाथ अधिकारी ले दुग्ध विकास बोर्डका कार्यकारी अध्यक्ष श्री राजेन्द्र प्रसाद यादवलाई साक्षी राखेर अबको १ महिना भित्र पाउडर प्लान्टको लागि गुरुयोजना तयारको काम प्रारम्भ गर्ने र ६ महिना भित्र प्लानट निर्माणको काम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।










