मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गायक संजय चौधरीको “माया” सार्वजनिक
  • मार्गरेखा संवाददाता

  •    गायक संजय चौधरीले आफ्नो शब्द, संगीत, स्वर रहेको नँया गीत ल्याएका छन् । “माया”बोलको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई संजय चौधरीको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ । किशोर चौधरीको निर्देशन रहेको उक्त गीतमा भूमिका थारू, निरज बाबु र दिपक पछलडङ्ग्याको अभिनय रहेको छ । अभिनय गर्ने तिनै कलाकारहरु रंगमञ्च क्षेत्रका हुन् । रबी कोइरालाले भिडियोलाई क्यामरामा कैद गरेका छन् भने ड्रोन सट मेघनाथ चौधरीको रहेको छ । संगीत संयोजन कृष्णले लिम्बुले गरेका हुन् । राम शरण चौधरीद्वारा निर्माण गरिएको यो गीत चितवनमा छाँयाङ्कन भएको हो । भिडियोमा वियोगान्त प्रेम कथा देखाइएको छ जसमा थारू परिवेश पनि झल्किन्छ । हाल अमेरिकामा बस्दै आएका गायक चौधरी भन्छन्, ‘अचेल नयाँपुस्ताहरुले प्लायट्फर्मको लागि भौतारि रहेको बेला मैले नयाँ अनुहारलाई नै मेरो गीत “माया” मा लन्च गरेको छु । उनीहरुको प्रतिभाले स्पेस पाउनु पर्छ जस्तो लाग्छ ।’ गीतको शब्द मनछुने भएकाले सबै श्रोता, दर्शकले यो गीतलाई रुचाउने उनले बताए । यो गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । उनको पुरुवे पछिये, बठिनिया, गदला पानी, तुइ तनाउ भेले फेनि, मोदहरिया हैने मुइ, उकाली चढ्ने लौरो, एकोहोरो माया, डुबाइ डुबाइ, म एउटा यात्री लगायत दर्जर्नौँ गीत आइसकेको छ

  • १९ आश्विन २०८१, शनिबार १८:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित