मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेस केन्द्रीय सदस्य एव नेपाल प्रेस युनियनका निर्बतमान महासचिव अजय बाबु शिवाकोटी बाटोमा हिँड्दा हिँड्दै पक्राउ
  • मार्गरेखा संवाददाता

  • निर्मला कुर्मीलाई न्याय माग्दै ६८ दिनदेखि निरन्तर आन्दोलित नेपालगञ्जका अधिकारकर्मी तथा नागरिकको आन्दोलन चलिरहँदा सडक जाम भएपछि के रहेछ भनेर गाडीबाट ओर्लिएर हेर्दा आफूलाई प्रहरीले पक्राउ गरेको उनले बताए ।प्रहरीलाई आफूले आफ्ना बारेमा जानकारी दिएको भए पनि दुर्व्यवहार गरेर पक्राउ गरेर मालिगाउँ ल्याइएको बताए ।

    सडकमा हिँड्दा हिँड्दै हातको मोबाइल खोसेर आफूमाथि दुर्व्यवहार भएको उनले बताए । मोबाइलमा भएका तस्बिरहरु स्थायी रुपमै हटाउन लगाएकोसमेत उनले बताए ।

    बालुवाटारको सडकमा बसेर चार जना महिलाले कुर्मीको न्यायका लागि नाराबाजी गरिरहेका थिए ।शिवाकोटीसहित सात जना पक्राउ परेका हुन् । शिवाकोटीलाई मेडिकल चेकअपका लागि वीर अस्पताल लगिएको छ । उनी आफन्तकोमा  बडादशैँको टीका र जमरा थापेर घर जाँदैथिए ।

  • २९ आश्विन २०८१, मंगलवार २०:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित