मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भीम रावलसहित विन्दा पाण्डे र उषाकिरणसँग स्पष्टीकरण सोध्ने एमाले निर्णय
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ कात्तिक ४ । नेकपा (एमाले)ले नेता भीम रावलसहितका तीन जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले नेता रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    उनीहरूलाई एमाले केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    नेतृ पाण्डेसहित रावल र तिम्सिनाले पार्टीले जग्गा दान लिएकोबारे आलोचना गरेका थिए । पाण्डेले त व्यवसायी मिनबहादुर गुरुङले पार्टी कार्यालय भवन बनाउन जग्गा दान लिएको विषय फिर्ता गर्नुपर्ने बताएकी थिइन् । उनले उक्त निर्णय सच्चाउन पार्टी नेतृत्वलाई सुझाव समेत दिएकी थिइन् ।

  • ४ कार्तिक २०८१, आईतवार २१:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित