मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कैलालीको धनगढीबाट प्रहरीले एकै दिन ६ जनालाई लागूऔषधसहित पक्राउ
  • मार्गरेखा संवाददाता

  • धनगढी कात्तिक ५ ।  कैलालीको धनगढीबाट प्रहरीले एकै दिन ६ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । आइतबार कैलाली प्रहरीले धनगढीका विभिन्न स्थानबाट लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-१२ मनेहरा शिविरबाट चार जनालाई पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २४ वर्षीय नविन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र  २२ वर्षीय लोकेन्द्र गिरीलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट दुई सय ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ ।

    यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीबाट नै खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका- २ भन्सार कार्यालय नजिकबाट गोदावरी नगरपालिका वडा नम्बर १० दमौरा बस्ने २१ वर्षीय निराजन ताम्राकारलाई पनि पक्राउ गरेको छ । उनलाई तीन सय ६० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

    यस्तै कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-७ सद्‍भावना टोलबाट सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त चौधरीलाई पनि पक्राउ गरेको छ । उनलाई तीन ग्राम एक सय ८० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

  • ५ कार्तिक २०८१, सोमबार ०९:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित