पोखरा कात्तिक २९ । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । उनको बुधबार राति काठमाडौंमा निधन भएको हो ।
बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । म्याग्दी घर भएकी उनी गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् ।