मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रवि लामिछानेविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी
  • मार्गरेखा संवाददाता

  • रवि लामिछानेविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी

    सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।​

    कालिमाटीस्थित स्वलक्ष्मी बहुउश्यीय सहकारी संस्थाको भागबद्द अपचलनमा जोडिएको उत्तरमा लामिछाने विपरीत पूर्वजी जारी हो ।

    गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र उनका व्यापारिक साझेदार एवं पूर्वडीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ ।

    आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवै जनालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जनाएका छन ।

    लामिछाने र जोशी हाल कास्की प्रहरीको हिरासतमा छन् ।​

    स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न आरोपमा थप २२ जनाविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । स्वर्णलक्ष्मीका अध्यक्ष भने गितेन्द्रबाबु (जीबी) राई हुन् । लामिछाने र राईका नाममा दुई वटा गाडी खरिद गरिएको छ । राई फरार छन् ।​​​

    स्वर्णलक्ष्मीका ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।​​

    स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उक्त सहकारीमा २७ हजार निक्षेपकर्ताले  २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेका थिए ।

  • २ मंसिर २०८१, आईतवार १८:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित