डडेल्धुरा । दैजी–जोगबुडा जोड्ने चुरेको कच्चि सडकमा जिप दुर्घटना हुदा दुई जना महिलाको घटना स्थलमै मृत्यु भएको छ । लु १ ज ४५७९ नम्बरको जिप डडेल्धुरा जिल्लामा पर्ने परशुराम नगरपालिका ९ लिप्ना नजिक नौलामा दुर्घटना भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनमा परि अन्य नौ जना घाईते भएका छन । उनीहरुको उपचारका लागि महेन्द्रनगर पठाईएको छ । आज अपरान्ह करिब पौनौ चार बजेको समयमा दुर्घटना भएको हो ।
घाईतेहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।जिपमा चालकसहित १२ जना सवार रहेका थिए । जोगबुडाको लालढुंगा बजारबाट दुर्घटना २४ किमि टाढा पश्चिम तर्फ भएको हो ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । कञ्चनपुरको दैजिबाट डडेल्धुराको भित्रिमधेश क्षेत्र जोगबुडा आउने दैजि–लिप्ना–जोगबुडा सडक छोटो सडक बाटो हो ।