नेपालगन्ज पुस १६ । नेपाल पत्रकार महासंघ बाँकेले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको नवनिर्बाचित कार्यसमितिलाई स्वागत तथा बधाई कार्यक्रम मंगलबार नेपालगन्ज गरेको छ ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई,उपाध्यक्षद्वय राम प्रसाद आर्चाय, मिना ढकाल, सचिवद्वय गोबिन्द शर्मा, सरला सुबेदी,कोषाध्यक्ष प्रेम नारायण आर्चाय, सदस्यहरू निर्मल आर्चाय,सीता पान्डे लाई मायाको चिनो प्रदान गरि सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले नेपाल पत्रकार महासंघ साझा संस्था भएको हुनाले साझा चरितका रूपमा काम गर्ने बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।