नेपालगञ्ज, १३ असोज । बाँके प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१७ चौलिका चोकबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत, पिलिभित जिल्ला पुरन थाना पुरनपुर घर भएका २६ वर्षीय मोहम्मद नाजिम कुरेसी र रुकुम पश्चिम, खलङगा नगरपालिका–२ घर भएका २५ वर्षीय सुरेश खड्का रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट शुद्ध तौल ४ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ। बरामद सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।










