मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुक्खा पहिरो खस्दा रिडी–तम्घास सडक अवरुद्ध
  • मार्गरेखा संवाददाता

  • गुल्मी असोज २० गते । मदनभण्डारी राजमार्गअन्तर्गत रिडी‐तम्घास सडकखण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीटङ्कीनजिकै सडकमाथिबाट ठुलो चट्टानसहितको सुख्खा पहिरो खसेको छ ।

    पहिरोका कारण बिहानैदेखि सडक अवरुद्ध भएको छ । दसैमा घर आएकाहरु गन्तव्यमा फर्किनेक्रम चलिरहेकाले सडकमा सवारी साधनको चाप बढेको छ । सुख्खा पहिरोले राजमार्ग बन्द भएपछि सवारी साधनलाई पानी टङ्कीदेखि सालबिसौनाहुँदै वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

    अवरुद्ध सडक सुचारु गर्न सडक निर्माण कम्पनी र गाउँपालिकाको सहयोगमा डोजरको व्यावस्थापनको काम भइरहेको रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले बताउनुभयो । ठुलो चट्टानसहितको पहिरोपछि पनि नियमित पहिरो खसिरहेकाले सडक सुचारु गर्न समय लाग्ने ज्ञवालीले बताउनुभयो ।

  • २० आश्विन २०८२, सोमबार ०९:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित