मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उघोग बाणिज्य संघले नवनिर्बाचित पत्रकारहरूलाई सम्मान
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज पुस १७ ।  नेपालगन्ज उघोग बाणिज्य संघको ५७ ओं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघमा नवनिर्बाचित पत्रकारहरूलाई नेपालगन्जमा बुधबार बधाई ज्ञापन तथा सम्मान गरेको छ ।
    नेपालगन्ज उघोग बाणिज्य संघ नेपालगन्जले आयोजित सम्मान कार्यक्रममा लुम्बिनी प्रदेश र बाँकेका पदाधिकारी,सदस्य र केन्द्रीय परिषद सदस्यहरूलाई संघका अध्यक्ष टंक धामी, प्रथम उपाध्यक्ष चिरञ्जीवी वली,महिला उपाध्यक्ष मन्दिरा पान्डे, पुर्वअध्यक्ष कृष्णप्रसाद प्रसाद श्रेष्ठ , नन्दलाल वैश्य,उपमहासचिव टेक बहादुर खड्का कोषाअध्यक्ष मख्ख धामी माला र दोसल्ला ओडार सम्मान गरेका थिए ।
    यसरी सम्मान हुनेमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाई, सचिवद्वय गोबिन्द शर्मा, सरला सुवेदी,सदस्य निर्मल आर्चाय, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, सहसचिव भगतराम थारू,सदस्यहरू रबिन्द घिमिरे , सलामत अलि शेष, केन्द्रीय परिषद सदस्यहरू प्रेम के सी, खम्ब पुन, बिष्णु बेल्वासे, राजकुमार श्रेष्ठ लगायत सम्मान भएका थिए ।
    कार्यक्रम संघका अध्यक्ष टंक धामीको सभापतित्वमा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरन्जिबी वली, संघका पुर्व अध्यक्षहरू कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नेपालगन्ज व्यापार बाणिज्य संघले लोकतन्त्र स्थापना गर्ने ठुलो भुमिका रहेको बताउदै यस क्षेत्रको व्यापारी बर्गको हकहित लागि लागिरहेको आ आफ्नो धारणा राख्नु भएको थियो

  • १७ पुष २०८१, बुधबार १५:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित