वार्ड नं. २ बनकट्टीस्थित गाउँपालिकाको कार्यालयबाट भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जेष्ठ नागरिकलाई रकम हस्तान्तरण गरि शुभारम्भ गर्दै चिसोको मौसममा नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै पुगेर भत्ता वितरणको कार्य सुरु गरेको बताउनुभयो ।
अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई बस्तीमै बोलाएर वितरण गर्न लागेको बताउनुभयो ।
गाउँपालिकाको वडा नं. ३ र ४ का ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिएको वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो । उहाँका अनुसार करिब चार हजार तीन सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।
वडासचिव मौर्यका अनुसार ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना रु चार हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना रु दुई हजार ६ सय ६०, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना रु तीन हजार नौ सय ९०, अपांगता भएका व्यक्ती (ख) वर्गलाई प्रतिमहिना रु दुई हजार एक सय २८ र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना रु पाँच सय ३२का दरले रकम वितरण गरिनेछ