नेपालगन्ज पुस २६ । नेपाली कांग्रेसका नेता एनपी साउदले सुशासन कायम गर्ने प्रतिवद्धताका साथ अहिलेको सरकार बनेको बताएका छन
साे कुरा आज नेपालगन्जमा नेपाल प्रेस युनियन बाँकेले आयाेजन गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बताएका हुन ।
केन्द्रिय सदस्य साउदलेले ‘दुई ठुला दलले मुलुकमा काम गर्न सकेनन् भन्ने सन्देश बाहिर गयो भने जनतामा निराशाले बिद्रोह उत्पन्न हुन सक्छ बताउदै त्यो बिद्रोहको असर समग्र पद्धतीमा असर पर्ने जोखिम बताए ।
नेता साउदले आम राजनीतिक सहमती र सबै दलका मुद्धालाई समेटेर संविधान संशोधन गर्नुपर्ने कुरामा आफ्नो पार्टी स्पष्ट रहेको बताए । उनले भने, ‘संविधान संशोधनका बारेमा नेपाली कांग्रस स्पष्ट छ, संविधान संशोधन राष्ट्रिय सहमतीले तय गर्नुपर्ने कुरा बताए ।
पत्रकार भेटघाटमा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु डा. डिला संग्रौला, अब्दुल सत्तार र चम्पा खड्का पनि सहभागी थिए । प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीको सभापतित्वमा सम्पन्न भएको पत्रकार भेटघाटमा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, लुम्बिनी प्रदेशका पुर्वमन्त्री एवम् प्रदेश सांसद बादशाह कुर्मी, जिल्ला उपसभापति कृष्ण कार्की, सचिव सुधान्सु कोईराला, सहसचिव रेणुसिंह ठाकुर लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सञ्चालन सचिव भिष्म लोधले गरेका थिए