मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा ३६ हजार ९ सय ५० जना किशोरी लाई एच.पि.भि खाेप लाउने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ २१ । एच.पि.भि. खाेप अभियान  २०८१ सम्बन्धि जिल्ला खाेप समन्वय समिति पदाधिकारी तथा सञ्चारकर्मी  संग साेमबार अन्तर्तक्रिया तथा अभिमुखीकरण कार्यक्रम आयाेजना गरिएकाे छ ।

    लुम्बिनी प्रदेश सरकार  स्वास्थ्य  निर्देशनालय र स्वास्थ्य कार्यलाय बाँकेकाे सयुक्त आयाेजना गरिएकाे अन्तर्क्रिया कार्यक्रममा जिल्ला स्वास्थ कार्यालय बाँकेका अधिकृत  नरेश श्रेष्ठले एच.पि.भी.( पाठेघरकाे मुखमा हुने क्यान्सर बिरूद्वकाे  खाेप बाँके जिल्लामा  ६ बर्ष देखि १० बर्ष स्कुल जाने किशोरी  ३६ हजार ९ सय ५० जनालाई खाेप लगाउने  लक्ष्य लिएको छ । जसका लागि जिल्लामा ५ सय २४ वटा खाेप केन्द्र  रहने छन ।

    कार्यक्रममा भेरी अस्पतालका डा राजन पान्डेले एच.पि.भि. खाेप लगाउदा स्वास्थ्यमा कुनै गम्भीर समस्या नहुने बताउदै खाेप लगाएपछि कसै कसैलाई समान्य स्वास्थ्य केही समस्या आउन सक्ने त्यस्ता समस्या आएमा न आतिएर चिकित्सक संग सल्लाह लिनु पर्ने बताउदै पाठेघरकाे मुखकाे क्यान्सर ले बिश्वमा  प्रत्येक २ मिनेटमा १ जनाकाे मृत्यु हुने बताए  ।

    जिल्ला स्वास्थ कार्यालय बाँकेका प्रमुख अंगत शाहिले एच.पि.भि खाेप पहिलाे चरणमा लगाई कार्यकाे सम्पूर्ण ब्यवस्था गरिएकाे बताउदै बाँके जिल्लाकाे नेपालगन्ज, काेहलपुर,खजुरा र जानकी गाउपालिका विभिन्न स्थानमा लगाउने बताए ।

    कार्यक्रम मा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चाैधरी, उपप्रमुख सीता  कार्की, महिला, पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे

     

  • २१ माघ २०८१, सोमबार १२:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित