दाङ माघ २२ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य तथा मुख्यमन्त्री, मन्त्रिहरुका स्वयकिय सचिवहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । मुख्यमन्त्री तथा संसदीय दलका नेता चेतनारायण आचार्यले अभिमुखीकरण कार्यक्रमको मंगलबार उद्घाटन गर्दै प्रदेश सरकारले सम्पादन गरेका कामहरुलाई जनस्तरमा प्रभावकारी रुपमा पु¥याउन निर्देशन दिनुभयो । प्रदेश सरकारले नागरिकको दैनिक जीवन संग जोडिएका थुप्रै कामहरुलाई कार्यान्वयन गरिरहेको, त्यसलाई जनस्तरमा पु¥याउन, प्रदेशलाई स्थापित गर्ने सवालमा ध्यान दिएर काम गर्न निर्देशन दिनु भएको हो ।‘सरकारले सुशासन, पारदर्शीता, जावफदेहिताको क्षेत्रमा थुप्रै काम गरेको छ । यति मात्र होइन, विकास निर्माणका कामहरुलाई पनि गति प्रदान गरेको छ । यसलाई स्थापित गर्न जनपरिचालनको क्षेत्रमा सचिवालयले प्रभावकारी रुपमा काम गर्न जरुरी छ’उहाँले भन्नुभयो,‘नागरिकको आवश्यकता र चाहना अनुसार प्रदेश सरकारले बार्षिक तथा आवधिक योजनाहरु निर्माण गरेर अघि बढेको छ । समुदाय तहबाट आउने सुझाव र गुनासाहरुलाई सम्वोधन गर्नेगरी सरकारले काम गरिरहेको छ । यसलाई अझ व्यवस्थित गर्न जरुरी छ ।’ एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रमकाे उद्घाटन गरिएको थियाे । एमाले संसदीय दलका उपनेता भाेजप्रसाद श्रेष्ठ, प्रमुख सचेतक तुलसीप्रसाद चाैधरी, प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले सचिवालयको काम, कर्तब्य र जिम्मेवारीको बारेमा प्रशिक्षण दिनुहुने छ ।