नेपालगन्ज माघ २३ गते । नेपालगन्ज साईक्लिङ क्लबले बुधबार नेपालगन्जमा पत्रकार भेटघाट सम्पन्न गरेकाे छ ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्षका प्रदिप सापकोटाले बाँके, बर्दिया जिल्लामा रहेका संस्कृति प्राकृति स्वास्थ्य पर्यटन,पर्यावरण धार्मिक पर्यटनको प्रर्बधन गर्नुका साथै युवाहरूलाई साईक्लिङकाे माध्यमबाट बाताबरण खेलकुद समन्धी सचेतना गर्ने उदेश्यले प्रत्येक बर्ष टुर डि ठाकुराद्वारा साईक्लिङ यात्राकाे आयाेजना गर्दै आएकाे बताउदै यश कार्यक्रममा छिमेकी मुलुक भारतका विभिन्न प्रदेश र शहरकाका २९ जना र नेपालका मेचिदेखि महाकालिका साईकिलिष्टहरू गरि २५० जनाकाे सहभागीता रहने बताए ।
पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरूकाे प्रश्नको जवाफ दिदै यहि माघ २४ गते देखि २७ गते सम्म आयाेजना गरिने नेपालगन्ज साईकल फेस्टिवल, टु डि ठाकुरद्वाराकाे उद्घाटन लुम्बिनी प्रदेश सरकारका उघाेग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्याैपाने गर्ने बताए ।
अध्यक्ष सापकोटाले नेपालगन्ज साईकल फेस्टेबल अन्तर्गत बालबालिकाहरू साईकल र बाताबरण प्रति आर्कषण गराउनका लागि १० बर्ष सम्मका बालबालिकाहरू लागि नेपालगन्ज किड रेसकाे आयाेजना गरिएकाे छ ।
अध्यक्ष सापकोटाले यश कार्यक्रमका लागि नेपालगन्ज उपमहानगरपालिका, लुम्बिनी प्रदेश पर्यटन मन्त्रालय ,संघिय खेलकुद परिषद, ठाकुर बाबा नगरपालिका, बासगढी नगरपालिका, काेहलपुर नगरपालिका लगायत समाजिक संघ संघ संस्थाले सहयाेग गरेकाे बताए ।
पत्रकार भेटघाट कार्यक्रममा क्लबका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र कार्किले प्रेस नाेट बाचन गरेका थिए भने उपाध्यक्ष कबिराम बुढाथोकीले स्वागत गरेका थिए ।
कार्यक्रम क्लबका सचिव ईन्द्र गिरीले संचालन गरेका थिए ।