मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सात बुँदे सहमतिको जगमा  बनेको  सो अनुसार काम नभएको नेता डा शेखर काेइराला
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  वर्तमान सरकार सात बुँदे सहमतिको जगमा  बनेको  सो अनुसार काम नभएको बताएका छन । साे कुरा बिहिबार नेपाल प्रेस युनियन सुर्खेतले आयाेजित पत्रकार भेटघाट कार्यक्रममा बताएका हुन ।

    नेता काेइरालाले सत्ता बाहिर रहेकाहरूले सरकारको खबरदारी गर्नु पर्ने बताउदै  कांग्रेसको मुख्य प्रतिस्पर्धी दल नेकपा एमालेसँग सत्ता सहकार्य भएको बताउँदै सत्तामा रहेका मन्त्रीहरूबाहेकले सरकारको निरन्तर खबरदारी गर्नुपर्ने बताए ।

    उनले  ‘राजनीति स्थिरता, आर्थिक विसङ्गतिको अन्त्य गर्न र सुशासन कायम गर्न दुई ठूला दल मिलेका हौँ,’ उनले भने,’भने अनुसार सरकार सञ्चालन भएको छैन।’ उनले संविधान संशोधनको कुरा सात बुँदेमा उल्लेख भएपनि सो अनुसार कुनै प्रक्रिया अघि नबढेको बताए ।

  • ८ फाल्गुन २०८१, बिहीबार १२:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित